२०८३ बैशाख ११ गते शुक्रवार

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङको पढाइ सुरु

दाङ, जेठ ३२ । स्थापना भएको करिब ५ वर्षपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शैक्षिक कार्यक्रम सञ्चालनमा आउन थालेका छन् ।

यो शैक्षिक सत्रमा प्रतिष्ठानले विएससी नर्सिङ र विएनएस कक्षा सन्चालनमा ल्याएको छ । प्रतिष्ठानले विहिवार एक औपचारीक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा ती शैक्षिक कार्यक्रममा पठनपाठन सुरु भएको उद्घोष गरेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकाश लामिछानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ठ आतिथ्यमा शैक्षिक कार्यक्रम सञ्चालनको उद्घोष गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिष्ठान सिनेट सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन्चालनमा आएको ५ बर्षमा नर्सिङ शिक्षाको कार्यक्रम सन्चालन गरेकोमा खुसी व्यक्त गरे ।

उनले यहाँको उत्पादन गुणस्तरीय भएर सवै स्थानमा विक्नेमा पनि उनले विश्वास व्यक्त गरे ।

‘मलाइ विश्वास छ, यहाँ नर्सिङ पढाइका लागि भौतिक पुर्वाधारको राम्रो व्यवस्थापन छ, अनि यहाँ अध्यापन गराउने प्राध्यापकहरु पनि सक्षम र क्षमतावान हुनुहुन्छ,त्यसैले यहाँ अध्ययन पुरा गरेका विद्यार्थीहरुले सहजै रुपमा सवै क्षेत्रमा रोजगारी पाउनन सक्ने छन्’, प्रमुख शर्माले भने ।

कार्यक्रममा शर्माले चाडो भन्दा चाडो यहाँ एमविविएस शैक्षिक कार्यक्रम सन्चालनको वातावरण मिलाउन पनि विश्वविद्यालय पदाधिकारी एवं स्थानिय सरकारलार्इ आग्रह गरे ।

एमविविएस कक्षा सन्चालनकालागी आवस्यक पुर्वाधार तयार गर्न जग्गा व्यवस्थापन देखि आर्थिक व्यवस्थापनमा समेत आफुले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारमा पनि आवस्यक समन्वय र सहजीकरण गर्ने पनि शर्माको अभिव्यक्ति थियो ।

केहि ढिलो भएपनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख तथा सिनेट सदस्य नरुलाल चौधरीले यो प्रतिष्ठानलाइ स्वास्थ्य सेवा लगायत स्वास्थ्य क्षेत्रका जनशक्तिको उत्पादनको अव्वल क्षेत्र बनाउन आफुनो निरन्तर प्रयास रहने बताए ।

विशिष्ठ अतिथि चौधरीले नयां भर्ना भएका विद्यार्थिहरुको उज्वल भविस्यको कामना गर्दै पठन पाठन र बसोवासका सन्दर्भमा जुनसुकै समस्या आए त्यसमा स्थानिय सरकार, स्थानियबासी तथा सिनेट सदस्यकै हैसियतले पनि अहोरात्र सहयोग र सहजीकरण गर्ने पनि उनले आश्वासन दिए ।

‘जे होस ढिलै भएपनि हामीले प्रतिष्ठानमा शैक्षिक कार्यक्रमको एउटा भ¥याङमा पाइला राखिसकेका छौं, अव एमविविएस, एमडि, एमडिजिपि लगायतका शैक्षिक कार्यक्रम सन्चालनमा हाम्रो भावात्मक एकता र दक्ष कार्यकुशलता हुनुपर्दछ’, नगर प्रमुख चौधरीले भने ।

शैक्षिक कार्यक्रम सन्चालनको घोषणासभामा बोल्दै विश्वविद्यालयका शिक्षाध्यक्ष डा वशन्त लामिछानेले नव आगन्तुक विद्यार्थिहरुलाइ स्वागत गर्दै सवथोक औषधिले मात्र नहुने भएकाले विरामीलाइ चाडो निको बनाउन नर्सिङ स्टाफको भुमिका अपरीहार्य हुने बताए ।

‘तपाइको हातले मुसार्दा र मिठो मुस्कान दिंदा पनि विरामीको आत्मवल निकै बढ्न सक्छ, विरामीको उपचारमा सवथोक औषधि मात्रै होइन, रेक्टर लामीछानेले भने ।

सो अवसरमा प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले विद्यार्थिहरुलाइ ढुक्क भएर अध्ययन गर्न आग्रह गर्दै कुनै गुनासो भए मेट्रोन मार्फत रजिष्टर गराउन पनि विद्यार्थिहरुलाइ आग्रह गरे ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा सागर पन्थीले यहांको शैक्षिक गुणस्तरमा कुनै समस्या नहुने भन्दै गुणस्तरको विषयमा ढुक्क भएर पठनपाठनमा लाग्न विद्यार्थिहरुलाइ आग्रह गरे । पत्रकार गिरीराज नेपालीले प्रतिष्ठानको उननयनमा दाङका सवै सन्चारकर्मिहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ कोअर्डिनेटर प्राध्यापक अम्विका पौडेलले नर्सिङ शिक्षाका सन्दर्भमा विशेष प्रवेश तथा स्वागत मन्तव्य व्यक्त गरेकि थिइन् ।

त्यस्तै विएससी नर्सिङ कक्षाकी विद्यार्थी सावित्रा बोहोराले नर्सिङ शिक्षाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्वालिटिमा आफु विश्वस्त भएको बताइन् ।

साथै दाङ जिल्लाको भौगोलिक वनोट तथा हावापानी पनि उपयुक्त र सुरक्षित रहेको आफुले बुझेर यहाँ अध्ययनका लागि आएको उनको अभिव्यक्ति थियो ।

उनले आफुले काठमाण्डौ उपत्यका छाडेर अध्ययनका लागि दाङ रोजेको बताइन ।

प्रतिष्ठानमा अबको एक बर्षमा एमडिजिपि, एम डि तथा एमएस कक्षा सन्चालनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तयार रहेको जानकारी दिइएको छ। यद्धपि एमविविएस कक्षा सन्चालनमा भने अझै धेरै पुर्वाधारहरु तयार हुन भने बाँकी छ ।

अहिले प्रतिष्ठानमा आएको बजेटले प्रतिष्ठानले निर्माण गरेको गुरुयोजना अनुसार ४ सय वेडको ७ तलाको अस्पताल निर्माणको प्रक्रिया अघि बढाइने छ ।

पहिलो पटक सुरु भएको नर्सिङ कक्षामा विएससी नर्सिङ तर्फ २० जना र विएनएस तर्फ २० जना विद्यार्थि भर्ना भएका छन् ।

हरेक शेसनमा १५ जना नेपाल सरकारको छात्रबृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन् । विएससी नर्सिङ ४ बर्ष र विएनएस ३ बर्षको हुने छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *