२०८३ बैशाख १२ गते शनिवार

लुम्बिनी प्रदेश स्तरिय महिला तथा पुरुष रग्बी प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत,तुलसीपुर,जेठ २७ । लुम्बिनी प्रदेश स्तरिय महिला तथा पुरुष रग्बी लिग प्रतियोगिता २०८० शुक्रबारदेखि दाङको बेलझुण्डीमा सुरु भएको छ ।

लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव भट्टराईले मौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले पुर्ण लुम्बिनी प्रदेशलाई खेलकुदको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए ।

खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग भएको बताउँदै उनले देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका रहने बताए ।

उनका अनुसार सातवटै प्रदेशमा लुम्बिनी प्रदेश रग्बिमा अगाडी छ । स्थानीय तहले ग्रामिणस्तरबाटै खेल विकासको स्पष्ट खाँका कोर्दै पछिल्लो समय लोकप्रीय बन्दै गएको रग्बी खेलको विकासमा चासो र चिन्तन गर्नु पर्ने उनको भनाई छ ।

लुम्बिनी प्रदेश रग्बी संघका अध्यक्ष नवीन थापाको अध्यक्षतामा भएको कार्यक्रममा तmुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताइन ।

रग्बी संघ दाङका अध्यक्ष डम्बर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

उक्त प्रतियोगिताको महिला तथा पुरुष बिजेता टिमले नगद ५० हजार,ट्रफी,मेडल प्रमाणपत्र हात पार्नेछ ।

आज शनिबारसम्म चल्ने प्रतियोगितामा दाङ, बाके र बर्दिया जिल्लाका गरि महिला तर्फ ४ र पुरुष तर्फ ४ टिमको सहभागिता रहेको छ ।

यसैबिच प्रतियोगिताको हालसम्म भएका सम्पन्न खेल तालिकामा पुरुष र महिला तर्फ दुई खेलमा जित हात पार्दै बर्दिया आठ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तरगत शनिवार खेल बिहान ७ बजेदेखी सुरु हुने रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *