
तुलसीपुर,जेठ १६ । तुलसीपुर नगर जेसीजको जेसीज सप्ताह -२०२३ को साताब्यापि कार्यक्रम अन्तरगत सोमबार तेश्रो दिन नगर स्तरिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ।
तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी सालिकराम वलीको अध्यक्षता तथा नेपाल यातायात ब्यबसायी महासंघका सल्लाहकार शुरेस हमालको प्रमूख आतिथ्यता एब लुम्बिनी प्रदेशका एसएसपि कृष्ण पल्लीमगरको बिशेष आतिथ्यतामा
उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्षहरु दिपेश भण्डारी, बिमल कुमाक पौडेल , निवर्तमान अध्यक्ष केशबराज केसी,तेक्वान्दो प्रशिक्षक भिम बि. क. लगायत प्रतिष्ठित खेलाडीहरुको उपस्थिती रहेको थियो।
तुलसीपुर स्थित बहुउद्देश्यीय कबर्ड हलमा संचालित खेलमा १७ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
सो प्रतियोगितामा टिकाजंग वली र यम नारायण श्रेष्ठको समूह प्रथम, भिम बि.क. र पूर्ण बुढाको समूह द्वितिय तथा हरि वली र तेज बहादुर चौधरी एबम् रेशम खड्का र शसिराम रावतको गरी २ वटा समूह तृतिय भएका थिए भने डिल्ली रमण महतले अम्पायर तथा लाल बहादुर के सीले निर्णायकको भुमिका निर्बाह गरेका थिए।
बिजयी खेलाडीहरुलाई पुरस्कार , प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो।
प्रतियोगिताका कार्यक्रम संयोजक जेसी केशब राज न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जेसीज सप्ताहका मूल संयोजक शैलेन्द्र कुमार वलीले ७ दिन सम्म संचालन भैरहेका कार्यक्रमका बारेमा प्रष्ट्याएका थिए।
जेसीजले यो भन्दा अगाडी रक्तदान तथा जेसीज इन द क्लास कार्यक्रम सम्पन्न गरिसकेको छ भने न्यायीक समितिसंग अन्तरक्रिया ,ब्लड ग्रुपिङ,एकदिने योग शिविर तथा स्लो बाइक रेस प्रतियोगिता कार्यक्रम गर्दैछ।