२०८३ बैशाख १२ गते शनिवार

अग्रेजी मिडियममा पठनपाठन सुरु हुने भएपछि अभिभावकहरु उत्साहित

घोराही ,बैशाख ५ । घोराही – ७ सौडियार स्थित मावि सौडियारमा नयाँ शैक्षिक शत्र २०८० मा प्ले गुप्रदेखी कक्षा ५ सम्म अग्रेजी मिडियममा पठनपाठन सुरु हुने भएपछि अभिभावकहरु उत्साहित देखिएका छन् ।

अभिभावकहरु माझँ विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यपाक, नयाँ नियुक्त भएका शिक्षकहरु, कर्मचारीसहित घरदैलोका क्रममा पुगेको टोलिसंगको अन्तक्रियामा अभिभावकहरु उत्साहीत देखिएका छन् ।

मन्टेश्वरी विधिवाट पनि यसै नयाँ शैक्षिक शत्रदेखी नै पठन पाठन सुरु हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले बताए ।

उनले नयाँ विद्यार्थिहरुको हकमा प्रवेश परिक्षा लिएर मात्रै विद्यालयमा भर्ना गरिने उनले बताए ।

्विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा अभिभावकहरुको पछिल्लो मागलार्इ ध्यानमा राख्दै नयाँ आएको विद्यालय ब्यवस्थापन समितिले अग्रेजि मिडियम सञ्चालन गर्ने निर्णय गरेको विद्यालय ब्यवस्थापन समितिका सदस्य जिउधन चौधरीले बताए ।

चौधरीले विद्यालयमा शिक्षकहरुको नियमित उपस्थितीका लागि डिजिटल हाजिरी पनि यसै शैक्षिक शत्रदेखी लागु गरीने जानकारी दिए ।

यसैविच मावि सौडियारका सहायक प्रधानाध्यापक यमलाल रिजालले विद्यालयमा अग्रेजि मिडियम सुरुवात भएपछि आफु उत्साहीत भएको भन्दै आफ्नो वाल वच्चा पनि यसै विद्यालयमा अग्रेजि मिडियममा भर्ना गर्ने सावैजनिक प्रतिवद्ता जाहेर गरेका छन् ।

उनले विद्यालय ब्यवस्थापन समिति, शिक्षक, कर्मचारीहरुसहीतको संयुक्त बैठकमा आफैले आफ्ना वच्चा अग्रेजि मिडियममा हाल्ने प्रतिवद्ता जाहेर गरेका हुन् ।

विद्यालय ब्यवस्थापन समितिले समितिका सदस्य, शिक्षक, कर्मचारीका छोरा छोरीलाई आफुले पढाउने विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *