२०८३ भाद्र २७ गते शनिवार

आर्थिक अभाबकै कारण खेल खेल्नबाट बन्चित भए तुलसीपुरका खेलाडी


तुलसीपुर, वैशाख ५ । कैलालीको गौरीगंगा नगरपालकिाले तुलसीपुर उपमहानगरपालकिालाई महलिा फुटबल खेलाडी सहभागिताका लागि निमन्त्रणा गर्यो । त्यो अनुसार महिला फुटबल खेलाडी लैजानका लागि तयारी पनि गरिएको थियोे । तर, उपमहानगरपालकिाले बजेट अभाब भन्दै आर्थकि जोहो नगरेपछि खेलाडीहरु खेलमा सहभागि हुन नसक्ने भएका छन् ।

“हामीले उपमहानगरपालिका जाँदा मेयरले तोक समेत लगाउनु भयो’,जिल्ला फुटबल संघका पूर्वध्यक्ष शुशिल श्रेष्ठले भने,तर,अहिले आएर बजेट छैन भनेर पन्छिनु भयो ।”

५ बैशाखमा नाम दर्ता गराउने अन्तिम मिति हो तर, आर्थिक अवस्था कम्जोर भएकै कारण नाम दर्ता गराउन नसकिएको उनले बताए ।

गौरीगंगाले महिला र पुरुष दुबै समूहको फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको भएपनि तुलसीपुरबाट महिला टिमलाई मात्रै पत्र पठाएको थियो ।

त्यो तुलसीपुरका लागि गौरवको विषय भए पनि आर्थिक अभाब भन्दै सहभागि नै नगराउने भएपछि दुःखद कुरा रहेको श्रेष्ठले बताए ।

“तुलसीपुरको महलिा टिम राम्रो भएकै कारण तुलसीपुरबाट आमणत्रण गरेको हो, उसले राम्रो-राम्रो टिमलाई मात्रै छनोट गर्दै आएको छ’,उनले भने,तर, तुलसीपुरले यो गहनालाई बुझ्न नसक्नु दुःखद कुरा हो ।’ त्यो खेलमा जानका लागि एक लाख ३० हजार रुपैँया माग गरिएको थियोे “

ड्रेस,बस भाडा, प्राथमिक स्वास्थ्य, खना, नास्तालगायतमा उक्त रकम भनि माग गरिएको थियो । तुलसीपुरलाई मात्रै आवास आयोजकले नै दिएको थियो अन्य पालकिालाई यो सुबिधा थिएन । यो भन्दा पहिले त्यहाँ गएर खेलमा सहभागी भइ देखाएको खेलाडीको दक्षतालाई हेरेर तुलसीपुरलाई बशिेष प्राथमकिता दिएको उनको भनाई थियोे ।

तुलसीपुरका खेलाडी बंगलादेशमा गएर पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको भन्दै यसमा उपमहानगरपालकिाले चासो नदिएको उनको गुनासो थियो । खेलमा जान नपाउँदा खेलाडी पनि दुखी भएका छन् ।

“हामीलाई कहिल्यै पनि खेल खेल्न जाँदा आर्थिक जोहो हुँदैन’,खेलाडी जुना छिनालले भनिन,अहिले पनि पैसा नभएकै कारण हामी खेल्नबाट बन्चित भएका छौं ।’ वैशाख १० गतेदेखि उक्त प्रतियोगिता हुँदैछ ।

रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलन गरि उनीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रमको अध्यक्ष क्लबका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।

त्यस अवसरमा महिला फुटबल कोच सुधिर गुरुङ, नविर्तमान फुटबल कोच मन्जति बाँठा, दाङ जिल्ला फुटबल संघका पूर्वउपाध्यक्ष इन्द्र पुनलगायत खेलाडीहरुको पनि सहभागतिा थियो ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *