तुलसीपुर,बैशाख ४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित बालापुरमा विविध खेलकुद कार्यक्रम सञ्चालन हुने भएको छ ।
तुलसीपुर नगर युवा सञ्जालले नयाँ वर्ष २०८० सालको अवसरमा खेलकुद कार्यक्रमको आयोजना लागेको हो ।
सञ्जालले सोमवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि बैशाख ८ गते देखि ११ गतेसम्म बालबपुर खेल मैदानमा खेलकुद कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको छ ।
वडाका युवाहरुको माग र महिला तथा बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने मुख्य उद्देश्यले टोल स्तरीय प्रथम भलिवल प्रतियोगिता,टोल स्तरीय महिला कुर्सि दौड प्रतियोगिता,खुल्ला घैटो फोड प्रतियोगिता लगाएत खुल्ला सोलो बाइक रेस पनि सञ्चालन गर्न लागेको नगर युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए ।
उनका अनुसार युवा सञ्चालले विभिन्न सघं सस्थाहरुको व्यक्तीगत सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
त्यस कार्यक्रममा टोल स्तरीय भलिवल प्रतियोगितामा प्रत्येक टोल देखि २ वटा टिम समावेश हुन पाउने छन ।
त्यस्तै घैटो फोड प्रतियोगितामा दाङ जिल्लाबाट जतिपनि महिला पुरुष समावेश हुन पाउने,टोल स्तरीय महिला कुर्सी दौड प्रतियोगितामा १ टोल देखि ५ जनासम्म समावेश हुन पाउने छन भने खुल्ला सोलो बाइक रेस प्रतियोगितामा दाङ जिल्लाभरका मात्र समावेश हुन पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा भलिवल प्रतियोगितामा प्रथम हुनेले २५ देखि ३० केजी सम्मको १ वटा खसी र प्रमाणपत्र,द्धतिय हुनेले २० देखि २५ केजी सम्मको १ खसी र प्रमाण पत्र प्राप्त गर्ने छन भने तृतिय हुनेले ४ वटा लोकल भाले र प्रमाण पत्र प्राप्त गर्नेछन ।
त्यस्तै खुल्ला घैटो फोड प्रतियोगितामा प्रथम हुनेले नगद २५ सय र प्रमाण पत्र,द्धतियले १५ सय र प्रमाण पत्र र तृतिय हुनेले १ हजार रुपैया र प्रमाण पत्र प्राप्त गर्नेछन ।
टोल स्तरीय महिला कुर्सी दौड प्रतियोगतामा प्रथम हुनेले नगद २५ सय र प्रमाण पत्र,द्धतियले १५ र प्रमाण पत्र र तृतिय हुनेले १ हजार रुपैया र प्रमाण पत्र प्राप्त गर्ने छन भने खुल्ला सोलो बाइक रेस प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार सतिह प्रमाण पत्र,द्धतियले ५ हजार,प्रमाण पत्र र तृतिय हुनेले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने सञ्जालका अध्यक्ष भण्डारीले जानकारी दिए ।
उनका अनुसार सोलो बाइस रेस प्रतियोगितामा भाग लिने व्यक्तीलाई रु.५ सय,घैटो दौड प्रतियोगीलाई १ सय,महिला कुर्सी दौड प्रतियोगीलाई १ सय र टोल स्तरीय भविलब प्रतियोगिहरुलाई ७ सय ५० रुपैया शुल्क निर्धारण गरिएको छ ।
पत्रकार सम्मेलनको सञ्चालन खेलकुद कार्यक्रमका संयोजक भिम वलिले गरेका थिए ।
साथै खेलकुद कार्यक्रमको उद्घाटन बैशाख ८ गते बिहान १० बजे गरिने आयोजक युवा सञ्जालले जनाएको छ ।
