तुलसीपुर,बैशाख ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित इन्द्रनगरमा पुस्तकालय भवनको सिलन्यास गरिएको छ ।
पुस्तकालय भवनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले सिलन्यास गरेका छन ।
युथ्स अफ तुलसीपुरले अनुमानित ५० लाखको लागतमा पुस्तकालय भवन निमार्ण गर्न थालेको हो ।
युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण) का अनुसार भवन निमार्णका लागि हाल संस्थामा १ लाख ४५ हजार मात्र बचत रहेको र बाँकी रकम प्रदेश र संघिय सरकारसगं माग गरिने छ ।
पुस्तकालय भवन समयमै पूरा गरि अध्ययमा ल्याउने र ई–लाइब्रेरीको अवधारणालाई अगाडी बढाउने अध्यक्ष लहरेले जानकारी दिए ।
त्यस कार्यक्रममा तुलसीपुर खानेपानी सरसफाइ उपभोक्ता समितीका कोषाध्यक्ष भोला थापा,नेपाली काग्रेंसका महाधिवेशन प्रतिनिधि नेत्र वलि, जिल्ला खेलकुद बिकास समितीका सदस्य सन्तोष लामिछाने, दाङ जिल्ला ह्यण्डबल सघंका अध्यक्ष मोहन केसी लगाएतले उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण युथ्स अफ तुलसीपुरका सचिव आकाश भण्डारीले गरेका थिए ।