
दाङ, चैत १७ । नयाँ वर्ष विक्रम संवत २०७६ को उपलक्ष्यमा तुलसीपुर नगर जेसिजले म्यूजिक कन्सर्ट गर्ने भएको छ । समाजमा नयाँ वर्षको महत्व बुझाउन कन्सर्ट गर्न लागिएको नगर जेसिजका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । नयाँ वर्षको अवसरमा तुलसीपुरको अरनिको मैदानमा गर्ने भनिएको कन्टर्स वारे जानकारी दिन आइतवार आयोजित पत्रकार सम्मेलनमा जेसिजका प्रवक्ता भट्टराईले टिकट विक्रिवाट संकलन भएको २० प्रतिसत रकम अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरलाई प्रदान गरिने बताए । कन्सर्ट बाट बचेको रकम मध्य केही जेसिजको सचिवालय व्यवस्थापन र अन्य केही रकम सामाजिक कार्यमा लगाउने जानकारी दिइएको छ ।
तुलसीपुर नगरजेसिजका महासचिव मोहन सुनारले स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न,समाजमा भाइचाराको सम्वन्ध थप मजबुत बनाउन, स्थानीय व्यापारको प्रवद्र्धन गर्न नयाँ वर्षको अवसरमा जेसिजले कन्सर्ट गर्न लागेको जानकारी दिए । चैत ३० गतेदेखि सुरु भइ नयाँ वर्ष अर्थात आगामी बैशाख १ गते समेत गरि दुईदिन अरनिको मैदानमा म्यूजिक कन्सर्ट हुने महासचिव सुनारले बताए । कन्सर्टको पहिलो दिन अर्थात चैत ३० गते स्थानीय कलाकारहरुको प्रस्तुत रहने छ भने उक्त दिन सबैलाई प्रवेश फ्रि हुने छ । कार्यक्रममा थारु, सोरठी, सारिङ्गे लगाएत स्थानीय कलाकारहरुले पनि नृत्य प्रस्तुत गर्ने छन् ।
तर, वैशाख १ गतेका दिन भने म्यूजिक कन्सर्ट हेर्नको लागि प्रतिव्यक्ति ५० रुपैंया शुल्क निर्धारण गरिएको महासचिव सुनारले बताए । वैशाख १ गतेको कलाकारहरु कुलेन्द्र विश्वकर्मा, अंकित न्यौपाने, सन्दिप न्यौपाने, कमल खत्री लगाएका कलाकारहरु आउने आयोजक संस्था तुलसीपुर नगरजेसिजले जानकारी दिएको छ ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रमको तयारीका लागि तुलसीपुर नगर जेसिजका कार्यकारी उपाध्यक्ष माधव न्यौंपानेलाई मुल संयोजक तोकिएको जानकारी दिइएको छ । त्यस अन्तरगत विभिन्न जेसिहरुलाई जिम्मेवारी तोकिएको छ ।
मिडिया प्रचार प्रशार विभागको संयोजकमा सुरज भण्डारी, अतिथि कलाकार व्यवस्थापन विभाग संयोजक नारायण भट्टराई, स्टेज तथा ग्राउन्ड व्यवस्थापन संयोजक उपाध्यक्ष पूर्ण विक्रम डाँगी, टिकट तथा आर्थिक व्यवस्थापन विभाग संयोजक कार्यकारिनी उपाध्यक्ष केशवराज केसी, सुरक्षा तथा भोलेन्टियर व्यवस्थापन संयोजक मदन गौतम, प्रिन्टिङ,व्यानर,व्याच, टोकन अफ लभ व्यवस्थापन संयोजक एकराज भण्डारी, कर सम्वन्धी जिम्मेवारी कोषाध्यक्ष वशन्त भण्डारी, कार्यक्रम सुपरिवेक्षण संयोजक दामोदर न्यौपानेलाई जिम्मेवारी तोकिएको जानकारी दिइएको छ ।
