काठमाण्डौ ,पुस २६ । नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन ।
नेकपा एकीकृत समाजवादीका सबैजसो नेता रकार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको भूसालले बताए ।
उनले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ समेत तयार पार्नु भएको छ ।
गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजितभएका थिए ।
त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग उनले पटक–पटक छलफल गर्दै आएका थिए । उनी केही दिनपछि पार्टी प्रवेश गर्ने तयारी छ ।
प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार