२०८३ साउन १० गते आइतवार

सल्यानमा विजय जुलुस मनाउन गएका २ जनाको करेन्ट लागेर मृत्यु

दाङ, जेठ २। सल्यानको कुमाख गाउँपालिकामा विजय जुलुस मनाउन गएका दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार थप १३ जना घाईते भएका छन ।


कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार मानिसलाई बिद्युतको तारले छोएपछि करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।


मृत्यु हुनेमा कुमाख गाउँपालिका–१ का २६ बर्षीय लोकेन्द्र राना र २२ बर्षीय गोपाल बुढामगर रहेका छन् ।


बिजय जुलुल मनाउन छतमा बसेर सवार उनीहरुलाई बिद्युत तारले छुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।


घाईतेको रुकुम पश्चिमको चौरजहारीमा रहेको मिसन अस्पतालम उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *