काठमाण्डौ,चैत १३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
दिल्ली क्यापिटल्स र मुम्बई दिउँसो पौने चार बजे र पञ्जाब किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने आठ बजे खेल्दैछन्।
हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ।
कोलकाताले चेन्नईलाई ६ विकेटले हरायो । यस पटकको आईपीएलमा १० टोली सहभागी छन् ।
प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार