२०८३ बैशाख १६ गते बुधवार

जवरजस्ती एमसिसी पारित गर्न छोडे सरकार छोड्ने माओबादीको चेतावनी

काठमाडौं, फागुन ४ । नेकपा (माओवादी केन्द्र) ले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने भन्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने चेतावनी दिएको हो ।


बुधबारको संसद बैठकमा एमसिसी टेबल गर्ने चर्चा भइरहँदा सत्ता साझेदार माओबादीले त्यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गठबन्धनको सहमतिबिना सरकारले एमसिसी टेबल गरे गठबन्धन भत्किने जानकारी दिए ।


प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकमा प्रचण्डले एमसिसी टेबल गर्न दिने तर आफूहरू अनुपस्थित हुने भनी गरेको सहमतिको पनि केही नेताहरूले विरोध गरेका थिए।


बैठक पछि प्रचण्ड बालुवाटारमा देउवालाई भेट्न गएका छन् । देउवा र प्रचण्डका बीचमा एक्ला एक्लै कुरा भइरहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *