२०८३ जेष्ठ ३० गते शनिवार

हिमपातका कारण बाटो निर्माणमा खटिएका १४ मजदुरको उद्धार

दाङ, पुस १९ । हिमपातका कारण रुकुम पूर्वमा बाटो निर्माणमा खटिएका १४ मजदुरको शकुशल उद्धार भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा सडक निर्माणको काममा खटिएका दश पुरुष र चार महिला गरि १४ जना मजदुरको सोमबार दिउँसो नेपाली सेनाले हेलिकोप्टर मार्फत उद्धार गरेको हो ।

आइतबार मात्रै मजदुरहरु हिउँमा फसेको जानकारी आएपछि हेलिकोप्टर मागेर सोमबार सबैको शकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

हिउँमा फसेकाहरुमा वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन रहेका थिए ।
उद्धार पद्धि सबैलाई गाउँसम्म पु¥याइएको र सबैको अवस्था सामान्ने रहेको प्रजिअ बास्कोटाले जानकारी दिए ।

उनीहरु वडाको बजेटले घुसुङमा गोरेटोबाटो निर्माणका लागि पुसको पहिलो हप्तादेखि नै बन्दोबस्तिका सामाग्री आँफै संग लगेर त्यहाँ पुगेका थिए । पुस १३ र १४ गतेको हिउँदे बर्षापछि भएको भारी हिमपात पछि उनीहरु ओडार र निर्मित छाप्रोहरुमा बसेर ज्यान जोगाउ सफल भएका थिए ।

खाद्यान्न आँफै संग लगेको हुँदा र लत्ताकपडा पनि बोकेर साथमै लगेको हुँदा उनीहरु ज्यान जोगाउन सफल भएको प्रजिअ बास्कोटाले जानकारी दिए । उद्धार गरिएका सबैको अवस्था सामान्ने रहेको र सबैलाई उद्धार पछि गाउँमै छोडिएको प्रजिअ बास्कोटाले बताए ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *