पुस ४। सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गोलबजार नगरपालिका–६ मा गएराति पौने ८ बजेतिर दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको र एक जना घाइते भएका प्रहरीले जनाएको छ । झडपका क्रममा छुरा प्रहार हुँदा २६ वर्षका रामकुमार सदाको मृत्यु भएको हो। सदाको आरके मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
झडपमा गम्भीर घाइते भएका निकेश सदाको उपचार भइरहेको छ । दुई पक्षका ६/७ जनाबीच झडप भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले जाँडरक्सी खाएर यत्तिक्कै झगडा गरेका हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
