
लमही, मंसिर २९ । लमही नगरपालिका वडा नम्बर ७ मा बिकाश निर्माणलाई मध्यनजर गर्दै योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
बिकाश निर्माणलाई सहज तरिका र छिटो छरितो सम्पन्न गर्न नगरको योजना शाखाले अभिमुखीकरणको आयोजना गरेको हो ।
प्रशिक्षण तथा अभिमुखीकरणले योजना संचालन गर्नमा थप सहयोग पुग्ने बिश्वास गरिएको छ । नगरपालिकाले योजना सम्झौता तथा भुक्तानीका लागि आबश्यक कागजातको बिबरण सहितको योजना पुस्तिका समेत सार्बजनिक गरेको छ । पहिले सम्झौता र भुक्तानीका लागि भिन्दाभिन्दै फाईल पेश गर्नु पर्ने भएपनि अब सम्पुर्ण काम योजना पुस्तिका बाट नै हुने भएको छ ।
अब टोल बिकाश संस्था तथा उपभोक्ताले योजना सञ्चालन तथा भुक्तानीमा खेप्दै आईरहेको समस्या हट्ने बिश्वास गरिएको छ ।
यो भन्दा पहिले योजना सञ्चालन सम्बन्धी निकै नै झन्झटिलो तथा खर्चिलो भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
लमही नगरपालिका योजना शाखाले आफ्नो नगरको ७ वटा वडामा अभिमुखीकरण गरिसकेको छ । बाँकि २ वडामा पनि छिट्टै अभिमुखिकरण गरिने योजना शाखा प्रमुख तेजा गैरेले बताइन ।
लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुलबहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा लमही नगरपालिका योजना शाखा प्रमुख तेजा गैरेले प्रशिक्षण दिएकी थिइन ।
