२०८३ असार १३ गते शनिवार

नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य

बुटवल,भदौ ३० । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मृल्य ह्वात्तै बढेको छ ।

मूल्यवृद्धि उच्च भएकाले निर्यातमा रोक लगाइएको भारत सरकारले जनाएको छ । भदौ २९ गते प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य आज बढेर ७५ रुपैयाँ पुगेको छ ।

व्यापारीहरूले भारतबाट प्याज नआएपछि नेपालमा मूल्य बढेको बताउँछन् ।

प्याजको अभाव भएपछि स्टोर गरी राखिएको प्याज पनि व्यापारीहरूले महँगो मूल्यमा बेच्न थालेका छन् । यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *