काठमाडौं, असार २३ । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट समेत हटाएको छ ।मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले गिरीलाई सांसदपदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको बताए ।
लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि गिरीले असहमति राख्दै आएकीथिइन । जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो।लिपुलेक, लिम्पियाधुरा समेटिएकोनेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन ।
त्यसपछि उक्त विषयमा छानबिन गर्न पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीलाश्रेष्ठ सदस्य रहेको एक कार्यदल बनाएको थियो । यसअघि नै गिरीलाई कारबाहीका लागि उक्त कार्यदलले सिफारिस गरेको थियो।
