२०८३ असार ११ गते बिहिवार

घोराहीमा ५ जुवाडे पक्राउ


तुलसीपुर, माघ १७ । घोराहीबाट विहीवार ५ जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरस्थित मिनराज घर्तीको घरमा तास खेलिरहेका ५ जना ३७ हजार ५ सय ४० रुपैंयासहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा बंगलाचुली वडा नं. ५ निवासी ३४ वर्षीय तिलक पुन, घोराही १८ निवासी ३१ बर्षीय दानबहादुर वुढा, सोही ठाउँ निवासी ४० बर्षीय अजय विक, सोही ठाउँका ४४ बर्षीय पहल राई र घोराही वडा नं. १२ निवासी २४ बर्षीय देवबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरुलाई विहीवार बेलुका ४ बजेतिर गोप्य सूचनाको अधारमा प्रक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *