२०८३ मङ्सिर ११ गते बिहिवार

दाङमा पहिलो पटक आत्महत्या दुरुत्साहान शिर्षकमा मुद्दा दर्ता

दाङ,मंसिर २९ । दाङमा पहिलो पटक आत्महत्या दुरुत्साहान शिर्षकमा प्रहरीमा मुद्दा दायर भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुरकी २८ बर्षीया रेश्मा घिमिरेको मृत्यु शंकास्पद भन्दै उक्त शिर्षकमा मुद्दा दायरगरिएको छ ।

ईलाका प्रहरी कार्यालयमा घिमिरेको मृत्यु संकास्पद भन्दै आत्महत्या दुरुत्साहान शिर्षकमा मुद्दा दर्ता भएसंगै मिघिरका पति ४० बर्षीयभरतराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर २४ गते दिउँसो ३ बजेतिर रेश्मा घरदेखि झन्डै ५ सय मिटरको दुरीमा रहेको जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन।

घिमिरेको आत्महत्या नभई  स्थानीय तथा अधिकारकर्मीले समेत शंकास्पद भएको बताएका छन् । स्थानीयको दबावपछि मंसिर २५ गतेईप्रका तुलसीपुरमा पुगेका घिमिरेका दाजु दाजु केशवराज पाण्डेले प्रहरीमा आत्महत्या दुत्साहान शिर्षकमा मुद्दा दर्ता गरेका थिए । राप्तीप्रादेशिक अस्पतालमा मृतक घिमिरेको पोष्टमार्टम गरिएको र त्यसमा पनि आत्महत्या भन्दा पहिले उनको शरिरमा घाउ खत भएको भन्नेरिपोर्ट दिइएको उच्च प्रहरी स्रोतले बताएको छ । स्थानीयले पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गर्न तथा घिमिरेलाई आत्महत्या गर्न बाध्यपारिएको भन्दै प्रहरी चौकी हेमन्तपुरमा शनिवार धर्ना समेत दिएका थिए ।

बुहारीको मृत्यु पछि उनका जेठाजु क्रिया बसेका छन् भने गाउँलेहरुले भने उक्त क्रिया बिहिस्कार गरेका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *