२०८३ असार १२ गते शुक्रवार

कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्

प्रदेशसभा सदस्यका लागि १४ जनाको बीचमा प्रतिपर्धा हुने निश्चित

दाङ,कात्तिक २४ । आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं.३ को (२) मा प्रदेशसभा सदस्यका लागि १४ जनाको बीचमा प्रतिपर्धा हुने निश्चत भएको छ । कात्तिक २१ गते उम्मेदवारी दर्ता गराएका मध्य कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएको हुँदा अब १४ जना उम्मेदवारका बीचमा प्रतिपर्धा हुने निश्चित भएको छ ।

जिल्ला निर्वाचन अधिकृत रितेन्द थापाले आइतवार दिउँसो १ बजेसम्म इच्छुक उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने सुविधा भएपनि त्यो अवधिसम्म कोही पनि उम्मेदवारी फिर्ता लिन नआएको जानकारी दिए ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेशसभा सदस्य पदका लागि मुख्य दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसलगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन । उपनिर्वाचनका लागि हालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केशवकुमार शर्मा आचार्यले उम्मेदवारको रुपमा खडा गरेको छ ।

त्यस्तै सत्तासिन दल नेकपाले प्रदेशसभा सदस्य पदका लागि विमला कुमारी खत्री (वली)लाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ ।

सानादलहरु मध्य राप्रपाको तर्फवाट भुपाल रावत, साझा पार्टीबाट शिबकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फवाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टीवाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीवाट झरेन्द्रबहादुर खत्री, नेपाली कांग्रेस (वीपी)बाट दीपककुमार धिताल चुनावी प्रतिपर्धामा होमिएका छन् ।

त्यस्तै दुई जनाले स्वतन्त्र रुपमा प्रतिपर्धामा उत्रिएका छन् । प्रदेशसभा सदस्यका लागि गोबिन्द विसी र टिकाराम आचार्यले प्रतिपर्धा गर्ने निश्चित भएको छ ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *