२०८३ असार १३ गते शनिवार

विद्यालयमा दुई लाख बराबरको चोरी


तुलसीपुर, ७ भदौ ।
तुलसीपुर उपमहानगरपालिका–१७ लालपुरमा रहेको चिल्डे«न हेवन सेकेन्डरी बोर्डिङ स्कुलमा चोरी भएको छ । स्कुलमा शुक्रबार राति २ लाख बराबरको चोरी गरेको विद्यालयका प्रिन्सिपल गिरिराज डाँगीले जानकारी दिए ।

उनका अनुसार चोरले विद्यालयको ढोका फोरेर एक थान ल्यापटप र प्रोजेक्टर चोरेको छ भने कोठामा रहेका दराजहरु तोडफोड गरेको छ । ‘रातको समयमा चोरले महत्वपूर्ण सामानहरु चोरी गरेछ, हामीले शनिबार बिहान मात्र थाहा पायौँ ।’ उनले भने । चोरको खोजी गरी पत्ता लगाउन प्रहरीमा निवदेन दिएको उनले बताए ।

विद्यालयमा महत्वपूर्ण सामान चोरी भएपछि विद्यालय परिवारले दुःखसमेत व्यक्त गरेको छ । चोर पत्ता लगाई तत्काल कानूनको दायरामा ल्याउनसमेत माग गरिएको छ । कम्प्युटरसँगै विभिन्न कम्प्युटरमा राखिएका सामाग्रीसमेत हराएपछि विद्यालयलाई समस्या भएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *