२०८३ कार्तिक १५ गते शनिवार

सुरु भयो, तेस्रो नेपालगंज स्वीमिङ प्रतियोगिता


ललितपुरको सगरमाथा क्लवको अग्रता


दाङ, कात्र्तिक १४ ।

बाँकेको नेपालगंज स्वीमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगंज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप नेपालगंजमा सुरु भएको छ ।
दुई दिने प्रतियोगिता अन्तर्गत शनिबार दिउंसो ३ बजेसम्म १७ वटा इभेन्ट सम्पन्न भएका छन् । हालसक्को स्थितिमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ वटा स्वर्ण पदक जितेर अग्रता लिएको छ ।
त्यसपछि नयाँ दिल्ली भारतको – इलाइट स्वीमिङ एकेडेमीले ४ स्वर्ण, ललितपुरको रातो बंगला र मपिल क्यानेडिन स्कुल काठमाडौंले १ स्वर्ण जितेका छन् ।
अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडिहरुले प्रतिस्पर्धा गरि रहेका छन् । खेलाडीका बिचमा फ्रि–स्टाइल, बेष्टस्ट्रोक , ब्याकस्ट्रोक , बटरफ्लाइ , रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुटटा छुटटै विधाका ८० वटा इभेन्टमा प्रतिष्पर्धा भइरहेको छ । शनिबार केही प्रतियोगिताको हिट चरण सम्पन्न भइ आइतबार फाइनल प्रतिष्पर्धा हुने छ ।
नेपाल स्वीमिङ एसोशियसनसंग सहकार्य गरेर आयोजन हुन लागेको नेपालगंज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडीहरु सहभागी छन् ।
च्याम्पियनसिपलाई नबिल बैकले टाइटल स्पोन्सर गरेको छ । स्वीमिङलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेपालगंजका स्वीमिङ खेलप्रेमी उद्योगी, ब्यवसायी, डाक्टर, इन्जिनियर, कानुन ब्यवसायी, चार्टर एकाउन्टेड , सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरुको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो ।
प्रतियोगिताका नेपालगंज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले शनिबारे उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *