
यस्तो थियो – ज्ञानज्योतिका कक्षा ११ का बिद्यार्थीलाई स्वागत (तस्बिरहरु)
तुलसीपुर, असोज १७ ।
तुलसीपुरस्थित ज्ञानज्योति कलेजमा कक्षा ११ मा अध्यनरत नव आगन्तुक बिद्यार्थीका लागि कक्षा १२ का बिद्यार्थीले सांगेतिक प्रस्तुततिका साथ स्वागत गरेका छन् ।
चर्चित लोक गायक अर्जुन सापकोटाको प्रस्तुतीमा बिद्यार्थी रमाए । जस्ले आफ्ना सुपुरहिट गितहरु ‘झलिको तिम्रो याद अलिगो, रातैभरी निन्द्रा छैन आँखा झिमीझिमी, दुःख साट्मला प्यारी सुख्ख साटमला अब जिन्गदी संगै काट्नमला, हजुरलाई जाडो भा होला मेरो पच्छेउरी लिस्यो, क का कि की लहै क का कि की मागी हेर मायालुले दिम्ला मुटु झिकी, पानी परेको तिम्रो याद आयो र बेसी झरेको,’ जस्ता दर्जन बढी गितहरु प्रस्तु गरेका थिए ।
गायक सापकोटाले आफ्ना गितहरु पस्किदा बिद्यार्थी निकै रमाएका थिए । विद्यार्थी सापकोटा संगै बिभिन्न गितहरु संगै गाउँदै नाच्दै रमाएका थिए ।बिद्यार्थीले अन्य बिधिन्न गितहरुमा नृत्यसहित चेतनामुलक प्रस्तुतीहरु राखेका थिए ।
शनिबार तुलसीपुरस्थित कलेज प्राङगनमा आयोजित स्वागत कार्यक्रम बिद्यार्थी बामदेव श्रीबास्तवको अध्यक्षता र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबाहदुर पराजुलीको प्रमुख आथित्यमा भएको हो ।
सांगेतिक कार्यक्रमको उद्घाटन पानसमा दियो बालेर साबिक बनहरी गाविसका अध्यक्ष ९० बर्षीय टीकाबहादुर घर्ती क्षत्रीले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिएसपी पराजुलीले किशोर किशोरी अवस्था सबै भन्दा संबेदनशिल उमेर हुने हुँदा समाजका स्थापित मूल्य मान्यता र कानुन उलंघन गर्दा कानुनी कारबाहीको भागिदार बनिने हुँदा गतल गतिबिधि वा कार्यबाट जोगिन आग्रह गरे ।
त्यस्तै उनले सामाजिक संजालको गतल प्रयोगले धेरै युवा युवति ठगी, न्यौंनहिंसा लगाएत ठूला ठूला समस्यामा परेको तथा अल्पआयूमै मृत्युको मुखमा पुग्ने जस्ता पीडादायी उदाहरणले समाजलाई आक्रान्त पारेको हुँदा डिजिटल प्रबिधिको सही प्रयोग गर्न आग्र गरे ।
रिपोटर्स क्वल दाङका अध्यक्ष शरद रेग्मीले ज्ञानज्योति फाउन्डेसन एक सफल शिक्षालयको रुपमा बालबालिकामा ज्ञानको उज्यालो छर्दै मुलुकका लागि योग्य नागरिक उत्पादनमा खेलेको भूमिकाको प्रसंशा गरे ।
साथै उनले ज्ञानज्योति फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्तगर्त बिभिन्न बिपदको समयमा आर्थिक सहेता प्रदान गर्दै उदाहरणिय कार्य गर्न सफल भएको हुँदा भविश्यमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञानज्योति फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर जिसीले ज्ञान, आशा र भविश्यको संसारमा प्रबेश गरेका बिद्यार्थीले घर परिवार, समाज र देशको आशा अनुरुप मेहनतका साथ अध्यन गरि आँफु संगै देशको भविश्य सुन्दर बनाउन शुभकामना दिएका थिए ।
आजका बिद्यार्थी नै भविश्यका देशका कर्णधार हुने हुँदा मुलुकलाई आवश्य पर्ने योग्य शिक्षक, डांक्टर, इञ्जिनियर, पाइलट, प्राबिधिक, सफल कृषक तथा उद्यमी बन्न सक्नु पर्ने सिइयो जिसीले बताए ।
कार्यक्रमको सहजीकरण शिक्षक द्धय सन्तोेष केसी र सोमराज बस्नेतले गरेका थिए ।








