
तुलसीपुर , भदौ २५ ।
तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित ‘तुलसीपुर मेट्रो कलेज’मा बिएचटिएम अध्ययनरत विद्यार्थीका लागि हाल एउटा फ्रेन्च भाषाको कक्षा संचालन गरिएको छ ।
फ्रान्समा इन्टर्नशिपका क्रममा विद्यार्थीलाई काम गर्न तथा स्थानीय भाषा, संस्कृति र वातावरणमा सहज रूपमा घुलमिल हुन सहयोग पुगोस भन्ने उद्देश्यले कलेजमा फ्रेन्च भाषा तथा व्यवहारिक तालिम सञ्चालन गर्ने निर्णय भएको कलेज प्रशासनले जनाएको छ ।
फ्रान्सका स्वयम्सेवी प्रशिक्षकले विद्यार्थीलाई प्रत्यक्ष रूपमा फ्रेन्च भाषा तथा त्यहाँको संस्कृति र व्यवहारसम्बन्धी ज्ञान प्रदान गरिरहेका छन् ।
इन्टर्नशिपका लागि फ्रान्स जाने तयारी गरि रहेका बिद्यार्थीले त्यस्तो भाषा कक्षा लिइ रहेका छन् ।
कलेजले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन विभिन्न अवसर र कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख टिकाराम खड्काले बताए ।
कलेज प्रमुख बसन्त आचार्यले विद्यार्थीका लागि फ्रान्समा इन्टर्नशिपको अवसर सिर्जना हुनु कलेजको शैक्षिक यात्रामा महत्वपूर्ण उपलब्धि मान्न सकिने बताए ।
यसभन्दा अगाडी विद्यार्थीलाई चिनिया भाषाको अध्यापन गराएको उनले बताए ।
