२०८३ भाद्र ४ गते बिहिवार

भालुवाङमा गाडीको ठक्करबाट स्कुटीमा सवार एक महिलाको मृत्यु

तुलसीपुर, भदौ ४ ।

दाङको भालुवाङमा यात्रु बहाक गाडीको ठक्करबाट स्कुटीमा सवार एक महिलाको मृत्यु भएको छ । स्कुटी चालक गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा अर्घाखाँचीको सितगंगा नगरपालिका – ८ लापेकी ३२ बर्षीया संझना केसी छिन् । गम्भीर अवस्थाकी घाइते केसीलाई उद्धार गरि भालुवाङ आधारभूत अस्पतामा पुर्‍याइएको थियो । केही बेर पछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौंपानेले स्कुटी चालक सितगंगा – ८ कै २० बर्षीय अभिशेक कुमाल गम्भीर घाइते रहेको बताए । उनलाई भालुवाङमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको न्यौंपानेले बताए ।

बिहीबार दिउँसो पौने २ बजेतिर कपिलबस्तुको कृष्णनगर बाट आइ भालुवाङ हुँदै प्युठान तर्पm जान थालेको लु.प्र. ०२–००१ ज ०१०८ नम्बरको इभी गाडीले राप्ती गाउँपालिका–१ पुरानो बजार भालुवाङस्थित पेट्रोल पम्प अगाडि रा ४ प ५८३६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । गाडी चालक प्रहरी नियन्त्रणमा छन् ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
मृतक केसीको शब पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *