२०८३ साउन २९ गते शुक्रवार

बाजुरामा मध्यराति झरेको पहिराले एक युवति बेपत्ता, दुई जना घाइते


दाङ, साउन २९ ।

बाजुरामा मध्यराति झरेको पहिरोमा परि एक जना बेपत्ता भएका छन् । थप दुई जना घाइते छन् ।

जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अबिरल बर्षापछि झरेको पहिरोले २० बर्षीया प्रतिक्षा थापा पहिरोमा बेपत्ता छिन् । बेपत्ता प्रतिक्षा कर्ण थापाकी छोरी हुन ।
सोही पहिरोमा परि ४० बर्षीया धौली देवी रावत र ४० बर्षीय धर्म थापा घाइते घन् । घाइते मध्य रावतको अवस्था गम्भीर रहेको जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।
घटनास्थलमा उद्धार सामाग्रीसहित जिल्ला प्रहरी प्रमुख डिएसपी शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली खोज तथा उद्धारका लागि पुगेको छ । त्यसपूर्व पनि स्थानीय प्रहरी यूनिट बाट प्रहरी घटनास्थल पुगेर खोज तथा उद्धारको कार्य सुरु गरेको थियो ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *