२०८३ भाद्र ४ गते बिहिवार

सल्यानमा भेरीमा खसेको गाडी चालकको शब सुर्खेतमा फेला


दाङ, भदौ ३ ।

सल्यानमा साउन २७ गते भेरी नदीमा गाडीसहित खसेर बेपत्ता गाडीका चालकको शव सुर्खेतमा फेला परेको छ ।

सुर्खेतको बराहताल गाउँपालिका – ४ घुमाउनेस्थित भेरी नदीमा मंगलबार बेलुकी पौने ६ बजेतिर फेला परेको शबको बुधबार परिवारका सदस्यले सुर्खेत पुगेर सनाखत गरेका हुन ।
सल्यानको कुमाख गाउँपालिका– ५ चालक २३ वर्षीय हेमराज बिसीको शबको सनाखत पछि घर परिवारले बुझेका थिए ।

साउन २७ गते दिउँसो साढे १ बजेतिर सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट चालक सहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको थियो । त्यो दुर्घटनामा परि चालक बिसीसहित बेपत्ता सिद्धकुमाख गाउँपालिका–४ का २० वर्षीय भीमबहादुर रानापनि बेपत्ता भएका थिए । राना अझै फेला परेका छैनन् । उनी गाडी धनीका छोरा हुन ।
बेत्तपाहरुको खोजीका लागि यसअघि लगातार तीन दिन सशस्त्र प्रहरीको गोताखोरको टोलीले खोजी गरेपनि फेला पार्न सकेको थिएन । त्यस बीचमा लगातार भारी बर्षापनि जारी रहेको हुँदा खोजी रोकिएको थियो ।
सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीका अनुसार त्यो दिन दुर्घटना पछि थप दुई जना वनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीले पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *