२०८३ साउन ५ गते मङ्गलवार

गढुवामा पंखा बनाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

तुलसीपुर, साउन ४

दाङमा करेन्ट लागेर फेरि िएक जनाको मृत्यु भएको छ ।
यसअघि असार २२ गते त्यहाँका एक जना वडा सचिवको करेन्ट लागेर मृत्यु भएको थियो ।
सोमबार गढवा गाउँपालिका–६ थानदेउखुरीका ५६ वर्षीय रामसेवक यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
सोमबार दिउँसो ४ बजेतिर पंखा बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।


गम्भीर अवस्थाका उनलाई तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी पुर्‍याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार उनले बिद्युतको प्लगमा जोडेको तार नछुटाई स्ट्यान्ड पंखा बनाउने क्रममा आवश्यक सावधानी नपनाएका कारण करेन्ट लागेको भन्ने खुलेको छ ।


यहाँ असार २२ गते गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादवको घरमै करेन्ट लागेर मृत्यु भएको थियो ।
गढवा–६ प्रनहवास्थित आफ्नो घरमा बेलुकी पौने ९ बजेतिर शौचालयको बत्ती मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । अचेत बनेका वडा सचिव यादवलाई लमही अस्पताल र्पुयाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *