२०८१ असार १० गते आइतवार

तुलसीपुरमा २१०९३ मत गन्दा एमाले खड्का ५७ मतले अगाडि

तुलसीपुर,जेठ ६ । तुलसीपुर उपमहानगरपालिकामा २१ हजार ९३ मत गन्दा एमालेका टिकाराम खड्का ५७ मतले अगाडि छन ।

पछिल्लो मत परिनाम अनुसार खड्काले ८ हजार ७ सय ७२ प्राप्त गरेका छन । त्यस्तै गठबन्धनका साझा उम्मेदवार गेहेन्द्र गिरीले ८ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयर पदमा एमालेकी उम्मेदवार श्यानी चौधरीले सुरु देखिकै अग्रता कायम राखेकी छिन् ।

चौधरीले ८ हजार १सय ६० र गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले ६ हजार ७ सय ३३ मत प्राप्त गरेका छन् । एमालेकी चौधरी राना भन्दा १४२७ मतले अगाडि छिन् ।


अहिले वडा नं. ३,६ र ७ को मतगणना जारी छ । पछिल्लो मतपरिनाम अनुसार वडा नं. ३ को अध्यक्षमा एमालेका विरबहादुर बिकले १४९३ मत प्राप्त गरेका छन् भने गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादीका मंगल नेपालीले ११९९ मत प्राप्त गरेका छन् । उनीहरु नाताले काका भतिजा हुन । उनीहरुबिच २९४ मतको अन्तर छ ।

त्यस्तै वडा नं. ६ मा एमालेका दुजमान भण्डारी अगाडी छन । भण्डारीले १८०९ मत प्राप्त गर्दा काँग्रेसका लोकराज डाँगीले १७२७ मत प्राप्त गरेका छन । उनीहरु बिच ८२ मतको अन्तर छ ।

त्यस्तै वडा नं ७ मा कांग्रेसका रामबहादुर जिसी अगाडी छन । उनले २३९ मत प्राप्त गर्दा एमालेका डिल्लीराज भण्डारीले २३१ मत प्राप्त गरेका छन । जिसी भण्डारी भन्दा ८ मतले अगाडी छन ।


अहिले सम्म तुलसीपुर १, २, ४ र ५ नम्बर वडाको मात्रै मतगणना सकिएको छ । १ र ४ मा गठबन्धनबाट माओबादी केन्द्र, २ नम्बरमा एमाले र वडा नं. ५ मा नेपाली काँग्रेसले जितेको छ । तुलसीपुरमा १९ वडाहरु छन् । यहाँ ७० हजार बढी मतदान भएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *