२०८१ असार ३ गते आइतवार

तुलसीपुरमा १०५२५ मत गन्दा काँग्रेसका गिरी २१० मतले अघि

तुलसीपुर,जेठ ५ । तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार १० हजार ५ सय २५ मत गणना हुँदा गिरीले ४ हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेद्वार टिकाराम खड्काले ४ हजार ४ सय ३ मत प्राप्त गरेका छन् । यी दुईको मतान्तर २ सय १० रहेको छ । दुबै उम्मेदवार बिच कडा टक्कर भइरहेको बेला गिरीले मतान्तर २ सय कटाएका हुन् ।

उमेयर पदका उम्मेदवार स्यानी चौधरीले ४ हजार २ सय २६ मत प्राप्त गर्दा एकिकृत समाजवादीका उपमेयरका उम्मेदवार जोग बहादुर रानाले ३ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।

तुलसीपुरको वडा नं. १ र २ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नं. ३, ४ र ५ को अहिले मतगणना भइरहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *