
दाङ, भदौ १९ ।
बिनासकारी बाढीको १० दिन पछि सुरुङबाट २ जनाको जीवितै उद्धार गरिएको छ ।
सञ्जय शाह र कविर महर्जनको शुक्रबार बिहान जीवितै उद्धार गरिएको हो । सञ्जय नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र कविर प्राधिकरणकै सुपरभाइजर हुन ।
उनीहरुलाई त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङ बाट जीवितै उद्धार गरिएको हो ।
भदौ १० गते बिहान तिब्बत हुँदै आएको भीषण बाढीपछि उनीहरु दुबै जना सुरूङमा फसेका थिए ।
नेपाली सेना र सशस्त्र प्रहरीले सुरूङबाट शुक्रबार बिहान उनीहरुलाई जीवितै उद्धार गरेको हो ।
उनीहरूलाई सेनाले घटनास्थलमै प्राथमिक उपचार गरी हेलिकप्टरमा काठमाडौं पुर्याएको छ ।
सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ ।
प्रकाशित मिति : २०८३ भाद्र १९ गते शुक्रवार
