२०८१ बैशाख ७ गते शुक्रवार

निशुल्क स्वास्थ्य शिविरमा १ सय बढीले सेवा लिए

यमकला भुसाल,
तुलसीपुर, असार ३१। आदीवासी थारु मतवा मैतनीया अगवा महासघंको पहल तथा पाल्पाली पोलिक्निक प्रा.ली तुलसीपुर र वसन्तपुर टोल विकास सस्थाँको सयुक्त आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिविर भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ प्रसेर्नी स्थित बसन्तपुरमा भएको शिविरमा १ सय १० जनाले स्वास्थ्य चेकजाँच गराएका थिए ।

पाल्पाली पोलिक्निक प्रा.लीका सञ्चालक सुरज ज्ञवालीको अध्यक्षतामा स्वास्थ्य शिविर सम्पन्न भएको थियो । सस्थाँलाई चिनाउने,गाउँ गाउँमा स्वास्थ्यको साथी बनाउने र गरिब तथा विपन्न परिवारका व्यक्तीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा सुगर,मृगौला र थाइराइट रोगको चेकजाँच गरिएको थियो ।

पाल्पाली पोलिक्निक प्रा. ली ले यस वर्ष तुलसीपुर क्षेत्रका विभिन्न २० ठाउँमा पुगी निशुल्क स्वास्थ्य शिविर गरेको सञ्चालक सुरज ज्ञवालीले जानकारी दिए । उक्त शिविरमा बसन्तपुर टोलका बृद्ध बृद्धा,बालबालिका लगाएत महिला पुरुषहरुको समेत उपस्थिीती रहेको थियो ।

प्रकाशित मिति : २०७६ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *