दाङ,असार २८ । दाङको देउखुरीमा बाढीले १ हजार बढी कुखुरा बगाएको छ । राप्ती गाउँपालिका वडा नं. १ शान्तिपुर निवासी नेत्रप्रशाद खनालले पालेका १ हजार ब्रोईलर कुखुरा बाढीले बगाएको छ ।
स्थानीय गनाहा खोलामा एक्कासी आएको बाढी खनालको साछी पोल्ट्रि फर्ममा पसेपछि १ हजार कुखुरासहित ६६ बोरा दाना तथा भाँडा वर्तन समेत बगाएको छ ।
यसका साथै त्यसको नजिकै रहेको विभिन्न जातजातीको तरकारीको नर्सरी पनि बगाएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन् । खनालको पोल्ट्रि फर्ममा साढे ४ लाख बढीको क्षति भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार