२०८२ असार २३ गते मङ्गलवार

ज्योतिपुन्ज स्कुलका विद्यार्थीहरुद्वारा बिरुवा वितरण

दाङ, असार १८ । डिभिजन वन कार्यालय घोराही दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आज विरुवा रोपेका छन ।

एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको बार्षिक कार्यक्रम अनुसार यस बर्षपनि विद्यालयले एक जना विद्यार्थीलाई दुई वटा बिरुवा प्रदान गरेको छ ।


विद्यालयको “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने कार्यक्रम अनुसार आज बुधबार दुवै विद्यालयमा अध्ययनरत एक हजार नौ सय बढी विद्यार्थीहरुलाई विरुवा वितरण गरिएको ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।

बितरण गरिएका विरुवा विद्यार्थीहरुले आफ्नो घर वरपर रोपेका छन । बृक्षारोपणका लागि बजार क्षेत्रका विद्यार्थीलाई सौन्दर्यवद्र्धक बिरुवा र गाउँमा फराकिलो धेरै जग्गा हुनेहरुका लागी जडिबुटिजन्य र वनजन्य बिरुवा दिइएको थियो ।

विद्यालयबाट प्राप्त बिरुवा विद्यार्थीहरुले अभिभाकको सहयोगमा रोपेका छन । रोपिएका बिरुवा संरक्षण गर्ने काममा पनि विद्यार्थीहरुले निकै चासोका साथ लागेको अभिभावकले बताएका छन ।


कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङले धुपी, अर्जुन, पारिजात, गुलमोहर, अमला,कपुर,दालचिनि,टिमुर,कल्की,राजवृक्ष,छतिवन, सितलचिनी लगायतका प्रजातिका बिरुवा विद्यालयलाई निःशुल्क उपलब्ध गराएको थियो ।

बिरुवा लगाउने ठाउँ, क्षेत्रफल र विद्यार्थीहरुको चाहना अनुसार वितरण गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाले जानकारी दिए ।


कार्यक्रम शुरु भएपछि विद्यार्थीहरुमा जल,जंगल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवद्र्धनमा सचेतना ल्याउनका लागि ज्योतिपूञ्जमा अध्ययनरत विद्यार्थीलाई बिरुवा घरमै लगी अभिभाभवको सहयोगमा रोप्ने र संरक्षण गर्ने कामप्रती चासो बढेर गएको पाइएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।

विद्यालयको “समाज र विद्यालय सँगसँगै” कार्यक्रम अन्तर्गत यस वर्ष “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने मूल नाराका साथ विद्यार्थीहरुको प्रयोगात्मक परीक्षामा अंक उपलव्ध गराउने योजना सहित ५ बर्षदेखि बृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले बताए ।


रोपिएका बिरुवा संरक्षणका लागि विद्यालयले बिगतका वर्षदेखि नै सवै विद्यार्थीका अभिभावकलाई पत्राचार गरी छोरा÷छोरीले विरुवा रोप्नका लागि खाडल खनेर तयारी अवस्थामा राख्न, खाडल खन्दा निस्केको माटोमा कम्पोष्ट मल राम्रो सँग मिश्रण गरी खाडलको आधा भागसम्म भर्न, आधा भरिएको खाडलमा विरुवाको जरालाई छोपेको माटो नझर्ने गरी पलाष्टिक÷छवाली सावधानीपूर्वक हटाएर सिधा पर्नेगरी रोप्न, रोपिएको विरुवाको जरालाई पहिले माटोले छोपेको भागभन्दा माथी माटो भर्नु हुँदैन भनेर सिकाउन, माटो भरीसकेपछी विरुवाको जराको भागमा पानी जम्ने खालको खाली ठाउँ हुनु हुदैन भनी सिकाउन र रोपिएको बिरुवालाई पानी राख्न लगाई हरेक दिन बेलुका पानी नपरेको दिन पानी सिंचाई गरी संरक्षण गर्नका लागि पत्राचार गरिएको र अभिभावको सकारात्मक सहयोगबाटै बृक्षारोपणको कामलाई निरन्तरता दिइएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए ।


विद्यालय नयाँ ब्यवस्थापनका साथ सञ्चालनको शुरुको बर्षदेखि नै बृक्षारोपण कार्य थालिएपनि बिगत ५ बर्षदेखि बर्षहरुदेखि विद्यार्थीहरु मार्फत उनीहरुकै संरक्षणमा रहने गरी बृक्षारोपण गरिएको र उक्त कार्यक्रम प्रभावकारी भएको विद्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयको सहयोगमा उक्त कार्यक्रम गर्दै आएको र त्यसलाई थप ब्यवस्थित गर्नका लागि तीन बर्षदेखि अभिभावकै प्रत्यक्ष निगरानीमा संरक्षण हुनेगरी बृक्षारोपण कार्यक्रम गरिएकोमा त्यसको अनुगमन गर्दा प्रभावकारी देखिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल अधिकारीको भनाई छ ।


विद्यार्थीहरुलाई वातावरण संरक्षण सचेतिकरणका लागि विद्यालयको योजनामा उल्लेखित “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने कार्यक्रम प्रभावकारी देखिएका कारण आवश्यक बिरुवा कार्यालयले निशुल्क सहयोग गर्दै आएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *