दाङ,चैत ११ । दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर ९ खैरास्थित गणपति भेनियर तथा साङ्ग्रिला प्लाई उद्याेगमा भएकाे आगलागीप्रति नारायणपुर उद्योग वाणिज्य संघले दुःख प्रकट गरेकाे छ । साेमबार एक विज्ञप्ति जारी गर्दै संघले दुःख प्रकट गरेकाे हाे ।
संघका अध्यक्ष अनिलकुमार बस्नेत र महासचिव जागेश्वर डाँगी (विष्णु) ले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायलाई उचित क्षतिपूर्ति व्यवस्थापनका लागि समेत अनुराेध गरेका छन् ।
`नारायणपुर उद्योग वाणिज्य संघका साधारण सदस्य तथा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का उद्योगपति गेहेन्द्र बस्नेत र जितेन्द्र बस्नेतद्वारा सोही वडामा सञ्चालित गणपति भेनियर तथा साङ्ग्रिला प्लाई उद्योगमा आज मिति २०८१/१२/११ गते राति करिब १ बजेतिरबाट भीषण आगलागी भई त्यहाँ रहेका सामान, मेसिन लगायत सम्पूर्ण धनमाल पूर्णरुपले नष्ट हुन गएको घटना प्रति नारायणपुर उद्योग वाणिज्य संघ परिवार अत्यन्तै दुःख प्रकट गर्दछ ।
साथै उक्त घटना प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै उचित क्षतिपूर्ति व्यवस्थाको लागि अनुरोध गर्दछौं ।´ जारी विज्ञप्तिमा उल्लेख छ ।
साेमबार राति १ बजे दाङकाे खैरास्थित गणपति भेनियर तथा साङ्ग्रिला प्लाई उद्याेगमा विद्युत् सर्ट हुँदा आगलागी भएकाे छ । आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।