२०८२ असार ३१ गते बुधवार

सहकारी क्षेत्रमा देखिएको समस्या,चुनाैती र समाधानका उपायका बिषयमा छलफल


हेमराज शर्मा ,दाङ,माघ ५ । दाङको घोराहीमा रहेकोे कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनामा आज शनिबार जिल्लाका सरोकारवालाहरुबिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

दाङको पर्यटकीय क्षेत्र घाेराही उपमहानगरपालिका वडा न १ भाेटे दहमा सहकारीमा देखिएको समस्या,चुनाैती र समाधानका उपायका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा पछिल्लो समयमा केही सिमित सहकारीकाे क्षेत्रमा देखिएकाे समस्याले समग्र सहकारीलाई बदनाम बनाउने प्रयास भैरहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेक छन ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी क्षेत्रमा भएका राम्रो पक्षको अनुसरण गर्दै गलत पक्षलाई हटाउनुपर्नेमा जोड दिएका छन ।

संस्थाका अध्यक्ष माधव खानालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गाैतमले सहकारीले गरिव जनताकाे आर्थिक सारथीकाे काम गरेकाे भन्दै यस क्षेत्रमा देखा परेका समस्या समाधान गर्न सहकारीकर्मी क्रियाशिल हुनुपर्ने बताए ।

यस्तै सहकारी तथा राेजगार प्रवर्द्धन शाखा घाेराहीका प्रमुख प्रेम केसीले घाेराहीमा एक दुई वटा सहकारीमा समस्या देखिएपनि अन्य सहकारी प्रभावकारी रूपमा सञ्चालन भैरहेकाे जानकारी दिए ।

संस्थाका उपाध्यक्ष चन्द्रावती भण्डारीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा बाेल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष विमल कुमार अधिकारीले कलश सहकारीले जिल्लामै उत्कृष्ट काम गरेकाे भन्दै केही सहकारीले गरेकाे गल्तिका कारण सवै सहकारीले बदनामी कमाउनुपरेकाे भन्दै समग्रमा सहकारी क्षेत्र प्रभावकारी रूपमा सञ्चालन भैरहेकाे बताए ।

कार्यक्रममा नेफ्सकुन फिल्ड कार्यालय दाङका प्रमुख विष्णु जाेशी,राष्ट्रिय सहकारी बैंकका प्रमुख प्रदिप अर्याल,संस्थाका निवर्तमान अध्यक्ष बालचन्द्र शर्मा, प्रेस सल्लाहकार हेमराज शर्मा,संस्थाका पुर्व सचिव शरद पाेख्रेल लगायतले बाेलेका थिए ।

कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव विमल याेगीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *