२०८३ भाद्र १२ गते शुक्रवार

अपागंता भएका व्यक्तिलाई सहायक सामग्री वितरण


तुलसीपुर, जेठ, २९ । अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा सहायक सामग्री वितरण गरिएको हो । कार्यक्रममा एक जनालाई ट्राई साईकल, एक जनालाई ह्विलचियर, दुई जनालाई बैशाखी र २ जनालाई एल्बो कर्चिच हस्तान्तरण गरिएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र शाहले वडाका अपांगता भएका व्यक्तिहरुको सम्मान तथा उनीहरुलाई समाजमा समान रुपमा बाँच्न पाउनु पर्ने अधिकारको वडाले संधै सम्मान गर्ने बताए । उनले अपांगता भएका व्यक्तिहरुको हकहित र उनीहरुलाई स्वाबलम्बी बनाउन वडाले बजेटको व्यवस्था गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षक द्वय प्रतिमा शर्मा र देवा डाँगीले अपांगता परिचयपत्र बनाउने प्रक्रिया,अपांगताको प्रकार,परिचय पत्रको महत्व, प्रकार, अपांगता अधिकार ऐन तथा नितिगत व्यवस्थाहरुको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रम अपांगता समन्वय समिति तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का संयोजक बच्चचुराम परियारको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा वडा सदस्य सावित्रा गुरुङ, वडा सचिव संजय गुप्ता , नवराज बस्नेत र सहभागी उमलाल बुढाथोकी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । समन्वय समितिका सचिव हरिकला भन्डारीले सहजीकरण गरेको कार्यक्रममा ६० भन्दा बढीको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *