२०८३ मङ्सिर ९ गते मङ्गलवार

हापुरेमा मोटरसाईकल मर्मत र कपाल काट्ने तालिम सुरु


बालकृष्ण पाण्डे,
हापुरे जेठ १९ । बबई गाउँपालिकाको हापुरेमा एक महिने मोटरसाईकल मर्मत र कपाल काट्ने तालिम सुरु भएको छ । बबई गाउपालिकाको आर्थिक सहयोगमा सुरु गरिएको तालिममा केपी ईञ्जिनियरिङ सोलुशन प्रालीले मोटरसाईकल मर्मत सम्वन्धि र सिम्श ईन्स्टिच्युट तुलसीपुरले कपाल काट्ने तालिम दिने प्रवन्ध मिलाइएको छ ।

आइतवार हापुरेमा सोलुशन प्रालीका अध्यक्ष गणेशकुमार भन्डारीको अध्यक्षता र बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको प्रमुख आतिथ्यता तालिमको उद्घाटन गरिएको हो ।बबई गाउपालिकाका उपाध्यक्ष साबित्रा बिश्वकर्मा को बिशिस्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

तालिम उद्घाटन समारोहलाई सम्वोधन गर्दैै गाउँपालिकाका अध्यक्ष पौडेलले थोरै लगानी तर आम्दानी धेरै हुने तालिम अन्तरगतका तालिमले स्थानीय तहमा राजेगारका थुप्रै अवसरहरु सृजना हनुे आशा व्यक्त गरे । कार्यक्रमलाई सम्वोधन गर्दै विशिष्ट अतिथि गाउँपालिकाकाकी उपाध्यक्ष साबित्रा बिश्वकर्माले तालिमका सहभागिहरुलाई एक महिना सम्म मेहनतका साथ सीप सिक्न र पछि भविस्यमा त्यसैको आधारमा जीवन निर्वाह गर्न आग्रह गरिन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *