२०८१ असार १० गते आइतवार

आज विश्व कलेजो दिवस मनाइदै

काठमाडौँ ,बैशाख ९ । आज ‘विश्व कलेजो दिवस’- कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवर्द्धन गर्न हरेक वर्ष अप्रिल १९ मा विश्व कलेजो दिवस मनाइन्छ।

यस दिवसको महत्वबारे मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्न यो दिवस मनाउन थालिएको हो।

यस वर्षको दिवसको नारा ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस्, र फ्याटी लिभर रोगबाट बच्नुस्’ रहेको छ।

अर्थात् प्रारम्भिक चरणमा कलेजोको समस्या पहिचान र रोकथाम गर्नुपर्छ जसले गर्दा बोसोयुक्त कलेजो रोगबाट बच्न सकिनेतर्फ इङ्गित गर्छ।

कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग हो। कलेजो स्वस्थ्य राख्न खानपान र रहनसहनमा ध्यान दिनसके विभिन्न समस्याबाट बच्न सक्ने विज्ञहरु बताउँछन्।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *