२०८१ बैशाख १० गते सोमवार

बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड ,कतिमा हुँदै छ कारोबार ?


काठमाडौं,चैत १५ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।

बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार १ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यो हालसम्मकै उच्च मूल्य हो। यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *