झापा,चैत १४ । झापाको बिर्तामोडस्थित पश्चिम बस स्ट्याण्डमा छुरा प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ भएको छुरा प्रहारबाट बिर्तामोड-१ बस्ने सुनिराम मुर्मु गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
छुरा प्रहारबाट उनको बाँया हातको कुममा र ढाडको माथिपट्टि गर्धनको भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, झापाले छ। उनको बिर्तामोडमा रहेको स्पाइनेक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
छुरा प्रहार घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा बिर्तामोड १ बस्ने २३ बर्षका राम टुडु, २९ बर्षका सुसान मुर्मु, बिर्तामोड ६ बस्ने १९ वर्षकी एलिना श्रेष्ठ, अर्जुनधारा ११ बस्ने ३० वर्षका सरोज सहनी र कनकाई १ बस्ने २३ वर्षका मनोज विक रहेका जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यलय, अनारमनी बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।