२०८१ असार ३ गते आइतवार

बाग्लुङ बस दुर्घटना मृतकको संख्या नौं पुग्यो

दाङ, चैत ६ । बाग्लुङमा भएको बस दुर्घटनामा मृतकको संख्या नौं पुगेको छ ।
बस दुर्घटनामा चार महिला र पाँच पुरुषको मृत्यु भएको हो । ती मध्य सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।


रुकुम पूर्वको सिस्ने गाउँपालिका – ५ का रुमालबाराका पत्रकार २५ बर्षीय बिक्रम परियार, दाङका १८ बर्षीय लक्की पुन मगर, बस दुर्घटनामा रुकुम पश्चिमको मुसिकोट ननगरपालिका – १ की २७ बर्षीया विनिता केसी , सवारी धनी मुसिकोट– २ रातामाटाका बबिददेल नेपाली, मुसिकोट – ४ सोलाबाङका ३५ बर्षीया टिका केसी, मुसिकोट – ३ साँखकी कल्पना केसी, रोल्पाका बस चालक सुवाष गौतम (मानसिंह बिक) , गोर्खा जिल्लाकी गिता थापा र ललितपुर जिल्लाकी सुजन महर्जनको पनि मृत्यु भएको छ ।

सोमबार सवा पाँच बजेतिर बागलुङ निसीखोला गाँउपालिका – ०६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रुकुमबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१– ००६ ख ३८७९ नम्बरको बस सडकदेखि झन्डै १५० मिटर तल खसेको थियो ।


बाग्लुङका प्रहरी प्रबक्ता डिएसपी मदन केसीले दुर्घटनाको कारण खुली नसकेको र अनुसन्धान जारी रहेको फरककोणलाई बताए ।


हालसम्म बसमा नाबालिका सहित ३५ जना सवार रहेको र ती मध्य २१ जना घाईतेको धौलागिरी अस्पताल बागलुङमा उपचार जारी रहेको डिएसपी केसीले बताए । घाइते सबैको अवस्था मध्यम रहेको र पाँच जना गम्भीर घाईतेलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *