२०८३ भाद्र ११ गते बिहिवार

खाजा खर्च बचाएर साथीलाई सहयोग


देविराम कुसारी, तुलसीपुर, फागुन १४ । सरस्वति ईङ्गलिस बोर्डिङ स्कुल तुलसीपुरका विद्यार्थीले खाचा खर्च बचाएर विरामी साथीलाई सहयोग गरेका छन् ।

विद्यालयमा अध्ययन गर्दै आएका तुलसीपुर – ५ का कमल घर्ती (सुनिल) को जिवन बचाउनका लागि विद्यालयका विद्यार्थि, शिक्षक, शिक्षिका र कर्मचारीले खाजा खर्च बचाएर नगद १६ हजार २ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

सुनिल विगत २ वर्ष देखी कलेजाको रोगले ग्रसित भएर घरमै थलिएका छन् । कक्षा ७ मा पढ्दै गरेका १३ वर्षिय सुनिल खान र बोल्न समेत नसक्ने भएका छन् ।

कक्षा १० मा अध्यनरत मुनलाईट कुसारीले साथिको मध्यम वाट युट्युव च्यानल रियल मिडिया नेपालमा सुनिलको भिडियो देखे पछि सहयोगको भावना जागेको बताइन ।

आफ्नो भाई सरहको मान्छेलाई थलिएको थाहा पाए पछि साथि पवित्रा डागि, मुस्कान सेर्पा, गुरु आमा पुष्पा निरौलालाई आर्थिक सहयोग जुटाउने बारे सुनाएको र सबै मिलेर रकम संकलन गरेको कुसारीले वताइन् ।

कक्षा ७ सम्म पढेका विद्यार्थिको यस्तो अवस्था थाह पाएपछि आफुहरुले पनि विद्यार्थिले थालेको आर्थिक सहयोग संकलन अभियानमा सहभागि भएको विद्यालयका सहायक प्रधानाध्यापक पुष्पा निरौलाले बताइन ।

यो सहयोग पहिलो प्रयास भएको र पछि पनि आर्थिक संकलन गर्ने विद्यालयका शिक्षक मेघराज रोकाले बताए ।

विद्यार्थीले संकलन गरेको रकमलाई सुनिलको घरमै गएर रियल मिडिया नेपालका सञ्चालक एच आर मगर, सञ्चारकर्मी यज्ञबहादुर बुढा, विकास डागी, प्रकास केसी लगाएतको रोहबरमा सुनिलकी आमा गोमा घर्ति मगरलाई प्रदान गरिएको हो ।
सुनिलको घरमा सुनिलकी दिदि हिरा घर्ति पनि उस्तै विरामी भएको बुवा वेदबहादुर घर्तिले बताए ।

सहिद स्मृति विद्यालय कक्षा ८ मा अध्ययनरत १९ बर्षिया हिरा घर्ति मगर पनि विगत ४ बर्ष देखि यही रोग वाट थलिएकी छन् ।

गरिव परिवार त्यसमा पनि दुई सन्तान दिर्घ रोगवाट पिडित भए पछि आफुहरु दिन रात आसुमा वित्ने गरेको आमा गोमा घर्ति मगरले बताइन ।

जेठि छोरीको विवाह भैसकेको र बाकी दुई सन्तान विरामी भए पछि घर्ती परिवारलाई आर्थिक समस्या भएको छ ।

दुई सन्तानलाई उपचार गर्न सक्ने आफ्नो आर्थिक अवस्था नभएपछि बुवा बेदबहादुरले आर्थिक सहयोगको याचना गरेका छन । उनले एभरेष्ट वैंक तुलसीपुरमा ०३३००५०१२१६४६८ नम्वरको खाता खोलिएको हुदा सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *