२०८३ असार २७ गते शनिवार

विमानस्थल १४ किलो सुन प्रकरण : प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ


काठमाडौँ,फागुन १४ । त्रिभुवन विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।

उनलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सामाखुसीबाट शनिबार राति पक्राउ गरेको हो ।

सिआइबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनलाई विमानस्थल भन्सारमा बुझाउने तयारी भएको छ ।

पर्वत फुलबारी- २ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा योजनाकार रहेको पत्ता लागेपछि पक्राउ गरिएको सीआइबीले जनाएको हो।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *