२०८१ बैशाख १० गते सोमवार

१३ बर्ष कैद तोकिएका बालक सुधार गृह पठाइए


दाङ, फागुन १२ । १३ बर्ष कैद सजाय तोकिएका बर्दियाका एक किशोर पक्राउ परेका छन् ।


बलात्कार मुद्दामा गत असार २५ गते ती किशोरलाई उच्च अदालत तुलसीपुर नेपालगंज बाँकेले १३ बर्ष कैद, पाँच हजार जरिवाना र ५० हजार क्षतिपुर्ती भराउन फैसला सुनाएको थियो ।


त्यसयता फरारको सूचिमा रहेका ती किशोरलाई प्रहरीले फागुन ९ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले जानकारी दिए ।


फागुन १० गते जिल्ला अदालतमा पेश गरेपछि अदालतको आदेशले उनलाई बाल सुधार गृह नेपालंगमा पठाइएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *