२०८३ भाद्र ११ गते बिहिवार

रुखले च्यापिएर एक किशोरको मृत्यु

बैतडी,फागुन ४ । रुखले च्यापिएर बैतडीमा एक किशोरको मृत्यु भएको छ।

आफैले काट्दै गरेको रुखले च्यापिएर पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको मृत्यु भएको प्रहरीले बताएको छ।

शुक्रबार मध्यान्ह १२ बजे रुखले च्यापिएर टाउकोमा गम्भीर चोट लागेका उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए।

मृतक पाटन नगरपालिका वडा नं-१ स्थित सिद्धेस्वर मावि मेल्चौरामा कक्षा १० मा अध्ययनरत थिए। मृतकको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *