२०८३ असार २७ गते शनिवार

घोराहीमा हाटबजारको शिलन्यास


दाङ, जेठ १० । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा नमूना हाटबजार निर्माण हुने भएको छ । वडा नम्बर १५ को अमृत टोल विकास संस्थाको घरेलु शिल्पकलाको स्वामित्वमा रहेको जग्गामा हाटबजार बनाउन सुरू गरिएको छ । वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले बजारको शुक्रवार शिलन्यास गरेका हुन ।

५७ लाखको लागतमा बजार निर्माण गर्न थालिएको छ । त्यसमा २८ वटा सटरहरू रहने छन् । १३ कठ्ठा क्षेत्रफलमा रहेको उक्त स्थानमा हाल तरकारी पसलहरू खुल्ला रूपमा सञ्चालन गरिदै आएको छ । बजार असार मसान्तसम्म निर्माण सक्ने निर्माण समितिका अध्यक्ष केशव ढकालले बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *