दाङ, माघ २२ । मुगुमा आगलागीबाट दाजु बहिनीको मृत्यु भएको छ ।
जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा बिहान १ बजेपितर आगलागी हुँदा स्थानीय लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वीरबहादुर वलीले आगलागीबाट दाजु बहिनीको मृत्यु भएको जानकारी दिए ।
प्रहरी बिहान १० बजेतिर उनीहरुको शब फेला पारेको थियो ।
भान्सा कोठाबाट आगलागी सुरू भएको आशंका प्रहरीको छ ।
प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार