२०७७ कार्तिक १३ गते बिहिवार

भालुवाङमा ग्रीन पार्कको सिलान्यास


तिर्थराज ज्ञवाली,
भालुवाङ, जेष्ठ ९। राप्तीको भालुवाङ बजार क्षेत्र नजिकै ग्रीन पार्क निर्माणका लागि आज सिलान्यास गरिएको छ । राप्ती गाउँपालिकाको ब्यस्त बजार नजिकै आरामदायी तथा स्वच्छ हराभरा पार्क निर्माणका लागि राम जहदि सामुदायकि वन क्षेत्रमा जिल्ला बन कार्यालयको प्रारम्भीक आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले विहिवार ग्रीन पार्क मुल गेट को शिलान्यास गरेका हुन् । सामुदायिक वनका पदाधिकारी, नागरिक समाज, उद्योग बाणिज्य संघका प्रतिनिधि, स्थानिय बुद्धिजिवी, सरोकारवालाहरुको उपस्थीतिमा ग्रीन पार्कको शिलान्यास गरिएको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *