२०८० फाल्गुन २० गते आइतवार

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बुटवल,माघ ८ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन्।

लुम्बिनी साँस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडकखण्डको लंकापुरमा आज बिहान दुर्घटना भएको हो।

लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादवको मृत्यु भएको छ।

यस्तै, भारतको सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

बाक्लो हुस्सु र शीतलहरको समयमा तीव्र गतिमा मोटरसाइकल हाँक्दा एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *